
भनिन्छ, बाहिरी सत्रुसँग लड्न सकिन्छ, आफैसँग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसँग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसँग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता, उदासीसँग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाँ जाने ? भाग्नु कुनै समस्याको समाधान होइन ।
आफैभित्रको यी विकारसँग हामी लड्ने, जुध्ने भन्दा पनि व्यवस्थापन गर्ने विधी सर्वोत्तम हो । त्यही विधी हो, ध्यान ।
ध्यान विधी
ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।
यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्याउँछ जहाँ भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूँको त्यूँ रहन्छ ।
तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आˆनो समस्या र दुखपिडाको बारेमा कुनै आभाष हुँदैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार, सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ ।
तनावलाई सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि काबु पाउने गछौ । यही विद्यामार्फत हामी सुख, शान्ती तथा आनन्दको बाटो पहिल्याउन सफल हुन्छौ ।
के हो ध्यान ?
धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गर्नु हो । तर ध्यान भनेको भावशून्य अवस्थामा रहनु हो । र, त्यसमा जागृत रहनु नै ध्यान हो ।
ध्यानको अर्थ एकाग्रता मात्र हैन । एकाग्रता टर्चको स्पाट लाइट सरह हुन्छ जसले एउटै ठाउँलाई मात्र फोकश गर्छ । तर ध्यान त्यो बल्ब सरह हुन्छ जसले चारै दिशामा प्रकाश फैलाउँछ । सामान्यतया मानिसहरुको ध्यान कम वाटको चिम जस्तो हुने गर्छ । जबकी योगीहरुको ध्यान भने सूर्यको प्रकाश जस्तो हुन्छ, जसमा पूरा ब्रम्हाण्ड नै समायित हुने गर्दछ ।
ध्यान कुनै क्रिया हैन
कयौ मानिसहरु ध्यानलाई नै सर्दशन कि्रया भावातीत ध्यान क्रिया तथा सहज योग ध्यान सम्झने गल्ती गर्छन् । अन्य विधिलाई समेत उनीहरु ध्यान सम्झने गर्छन् ।
कयौ सन्त, गुरु तथा महात्मा ध्यानको कयौ प्रकारका क्रान्तिकारी विधिहरु बताउने त गर्छन् । यद्यपी,उनीहरुले विधि र ध्यान बीचकेा फरक भने कहिल्यै बताउँदैनन् । नबकी क्रिया र ध्यानमा आकाश जमिनको फरक छ । किनकी क्रिया साधना हैन, साध्य हो । केवल एउटा औजार हो ।
त्यसैले त, आखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मुर्तीलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुदैन ।
हामी भन्छौ, पाच मिनेट भगवानको ध्यान गरौ । जबकी यो ध्यान नभएर स्मरण हो । ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइन्छ ।
ध्यानको स्वरुप
हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चलने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौ कुरा खेल्ने गर्छ । यस्ता कुरा जुन हामी सोच्न पनि चाहँदैनौ । र, यही ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मल तर्फ दोहर्याउँछ ।
ध्यान जति जति गहरिो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना तथा अतितको सुख दुखमा बाच्नु ध्यान विरुद्ध हो ।
ध्यानमा इन्दि्रया मनको साथ, मन बुद्धिकोको साथ आˆनो स्वरुप आत्मामा लिन हुन थाल्दछ । जसले साक्षी वा दृष्टा भाव बुझ्दैन, उनीहरुले सुरुमा अभ्यास गर्दा आखा बन्द गरेर गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ । र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ ।
प्रतिक्रिया 4