Comments Add Comment

एमसीसीको विरोधमा १० दलीय मोर्चाले संसद घेराउ गर्ने

११ फागुन, काठमाडौं । नेकपा मसाल र क्रान्तिकारी माओवादीसहितको १० दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी र कालापानीमा भारतीय सेना राखेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

घोषित कार्यक्रमअनुसार एमसीसी सम्झौता संसदबाट स्वीकृत र पारित नगर्नका लागि सबै संघीय सांसदहरुलाई पत्राचार गर्ने, फागुन १५ गते सर्वपक्षीय अन्तर्क्रिया आयोजना गर्ने, फागुन १५ भित्र सबै स्थानीय तहमा मोर्चाको प्रदेश समिति समायोजन गरी विरोध प्रदर्शन गर्ने र फागुन १६ गते संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।

मोर्चाले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि नै चुनौती खडा भएको भन्दै संघर्षको उच्च रुप नेपाल बन्द गर्ने निर्णय भएको पनि बताएको छ । नेपाल बन्दको मिति र ठोस योजना फागुन १३ गते तय गर्ने मोर्चाका तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले बताएका छन् ।

यसअघि ९ दलीय रहेको उक्त मोर्चामा नेकपा संयुक्त थपिएर १० दलीय मोर्चा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment