+
+
Shares

कोरोनाका कारण कोरिया जाने कामदार रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते २०:४८

११ फागुन, काठमाडौं । सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।

श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

‘हप्तामा दुई/तीन फ्लाइटमा हाम्रा कामदारहरु जानुहुन्छ, तर गत हप्ता हामीले त्यहाँको अवस्था विश्लेषण गरेर उडान रोक्यौं,’ उनले भने,‘रोकिएकालाई १८ गते लैजान प्रस्ताव गरेका छौं, तर त्यो दिन पनि उडान होला जस्तो छैन ।’

उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताए । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए ।

‘कामदार असुरक्षित नहोउन् भन्नेमा हाम्रो ध्यान छ,’ उनले भने,‘जाने समय केही पछि धकेल्दा कामदारलाई प्रभाव त पर्छ, तर सचेतता अपनाउन अत्यावश्यक छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?