Comments Add Comment

बाबुको हत्या आरोपमा युवक पक्राउ

११ फागुन, रौतहट । आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गत २८ माघमा रौतहटको दुर्गा भगवती गाँउपालिका ३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
गाइबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको र धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले हत्या आरोपमा फेकनका छोरा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् ।

आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको हत्या गरेको अभियुक्तले बताएका रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

राति ३ बजे बाबुको हत्या गरेपछि राजकुमारले पुनः घर आएर कपडा फेरेर गोठमा गएका थिए । उनले बिहान ५ बजे बाबुको हत्या भएको भन्दै गाउँले र प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका पण्डितलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्र्तगतको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment