Comments Add Comment

सिनामंगल नगर सेवा समाजको १८औं साधारण सभा सम्पन्न

११ फागुन, काठमाडाैं । सिनामंगल नगरसेवा समाजको १८औं साधारण सभा सम्पन्न भएको छ । गत शनिवार काठमाडौं ३२ पेप्सीकोला स्थित शान बैंक्वेटमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा काठमाडौं महानगरपालिकाका– ३२ का वडाध्यक्ष नवराज पराजुलीको प्रमुख आतिथ्यता तथा वागमती प्रदेशका प्रमुख सचिव तोयम रायाको विशेष आतिथ्यता सम्पन्न साधारणसभाक समाजका अध्यक्ष गोपाल बहादुर तामाङ्गले सभाको सभापतित्व गरेका थिए ।

समाजका महासचिव विजयराज पौडेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष खडानन्द ढकाल ९प्रतीक ढकाल० ले उपस्थित सम्पूर्ण सदस्य, अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गरेका थिए ।

“स्वच्छ, सफा, हराभरा, शान्त, सुरक्षित मनोहरवस्ती हाम्रो अभियान, यो संभव छ जवसम्म रहन्छ सबैको साथ, सहयोग र योगदान भन्ने मुख्य नारा रहेको समाजले समाज सुधारका विषयमा विभन्न कामहरु गद्र्रै आएके छ ।

कार्यक्रममा समाजका अध्यक्ष तामाङ्गले समाजले विगत बर्षहरूमा गरेका प्रमुख कार्यबारे सभालाई अवगत एवं स्मरण गराउनुभयो । उपाध्यक्ष ढकाल र महासचिव पौडेलले समाजले सडक, ढल, पार्क व्यवस्थापन, सडक बत्ती (सोलार) लगायतका क्षेत्रमा गरेका प्रयास एवं उपलब्धी सम्बन्धमा चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि पराजुलीले आफूले वडाध्यक्षको जिम्मेवारी सम्हालेको ३ वर्षको अवधिमा प्रत्येक टोल, समाज र समूहसँगको सहकार्यतामा नै हरेक विकास कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसै गर्ने प्रतिवद्धता व्यक्त गरे ।

करिब अढाइ करोडको लागतमा तत्कालै सिनामंगल नगरसेवा समाज क्षेत्रका सम्पूर्ण सडकलाई कालोपत्रे गर्ने जानकारी दिंदै वडाध्यक्ष पराजुलीले यसका लागि आइपर्ने व्यवहारीक समस्या समाधानका लागि समाजका सबै सदस्यको महत्वपूर्ण भूमिका हुने विषय पनि प्रष्ट पारे ।

यथाशीघ्र कोटेश्वर–जडिबुटीको ट्राफिक जाम हटाउन आफू लागि परेको व्यहोरा जानकारी गराउँदै पराजुलीले “छोटीमुख बढी वात” नहोस तर यो काम म मेरो यहि कार्यकालमा सम्पन्न गर्नेछु भनि ठोस प्रतिवद्धता पनि जाहेर गरे। यसका लागि तयार पारिएका विभिन्न बैकल्पिक सडको रूटबारे पनि सभालाई जानकारी गराए ।

यसका साथै खानेपानी लगायतका सामाजिक विकासका आफ्ना कैयन योजनाबारे पराजुलीले सभालाई जानकारी गराए । समाजका महत्वपूर्ण सदस्य तथा आजका कार्यक्रमका विशेष अतिथि वागमती प्रदेशका प्रमुख सचिव तोयम रायाले आफू लगायतका समाजका अग्रज सदस्यहरूले सिनामंगल नगरसेवा समाजको विकासक्रमका सन्दर्भमा खेपेका तिता मिठा अनुभव साटासाट गर्दै यो समाज र क्षेत्रलाई नमूना समाजको रूपमा विकास गर्न सबै सदस्य लागि पर्नु आवश्यक रहेको उल्लेख गरे ।

व्यक्ति, व्यक्तिगत पहिचानभन्दा समाज प्रधान रहेको विचार राख्दै प्रमुख सचिव रायाले यो समाजको विकास, उन्नयन र सुधारकालागि आफू सदैव सकारात्मक र जागरूक रहेको र रहिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

सभामा नगरसेवा समाजका अध्यक्ष तामाङ्ग, महासचिव पौडेल र कोषाध्यक्ष देवराज ढकालले पेश गरेकाे वर्षिक कार्य प्रगति एवं आर्थिक प्रतिवदेनहरू अनुमोदन गरिए । समाजका सदस्यहरूले पेश गरिएका प्रतिवेदनहरू उपर आफ्ना राय-सुझावहरू पनि दिए ।

समाजका पदाधिकारीहरूको २ वर्षे कार्यकाल सकिएकोले यो सभामा पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम रहे बमोजिम समाजका सदस्य डा. नानीराम सुवेदीको संयोजकत्व  निर्मला अधिकारी र भोलानाथ पाठक सदस्य रहेका ३ सदस्यीय निर्वाचक मण्डलको गठन गरीएको थियो ।

सभाका सभापति समाजका अध्यक्ष तामाङ्गले पुरानो कार्य समिति विघटन गरी निर्वाचक मण्डललाई नयाँ कार्यसमितिको मनोनयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गरेको अनुरोध सँगै निर्वाचक मण्डलले निर्वाचन प्रक्रिया अघि बढाइ  गोपाल बहादुर तामाङ्गकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । संस्थाकाे उपाध्यक्षः खडानन्द ढकाल (प्रतीक ढकाल), महासचिवमा विजयराज पौडेल,
सचिवमा गीता कार्की र कोषाध्यक्षमा उर्मिला कंडेल चयन भएका छन् ।

सदस्यहरूमा भने लिला बहादुर थापा, लक्ष्मि पोखरेल, ओम कुमार दहाल, अञ्जु कवे,  किरण खनाल,  चित्रा कुमारी विष्ट , जनक सिंह थापा, जानुका पराजुली, समृद शाक्य, सुमित्रा अधिकारी वाग्ले , तेज बहादुर लामा र कमला पौडेल चयन भएका छन् ।
६ वटा ब्लक रहेको समाजमा कुल २३ जनाको कार्यसमिति रहने व्यवस्था रहेको छ । प्रत्येक ब्लकबाट एक जना महिला सहित २ जना सदस्यको सिफारिस सम्बन्धित ब्लकबाटै गरिने व्यवस्था छ भने साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ पदाधिकारी निर्वाचित गरिने प्रावधान रहेको छ ।

बाँकि ६ सदस्य भने निर्वाचित पदाधिकारीले मनोनयन गर्ने व्यवस्था रहेको छ । नव निर्वाचित पदाधिकारीहरूलाई वडाध्यक्ष पराजुलीले पद तथा जिम्मेवारीको सपथ ग्रहण गराउनु भयो भने नव निर्वाचित अध्यक्ष तामाङ्गले आफ्नो निरन्तर नेतृत्वको लागि समाजले आफूलाई गरेको विश्वास प्रति सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समाज र समाजवासीको हित, सुख, शान्ति र विकासका लागि आफूलाई पूर्ण समर्पित गर्ने प्रतिवद्धता जाहेर गर्दै सभाको विसर्जन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment