Comments Add Comment

खप्तड गोल्डकप : विवेकको ह्याट्रिकले सिमरा विजयी

११ फागुन कैलाली । नवजागृति युवा क्लब सिमरा नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको तेस्रो खेलमा फराकिलो जित हात पार्दै सिमरा अन्तिम आठमा पुगेको हो

आइतबार भएको खेलमा सिमराले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४–० को फराकिलो अन्तरले हरायोे ।

सिमराको जितमा विवेक चौधरीले ह्याट्रिक गरे । एक गोल सागर चौधरीको नाममा रह्यो ।

पहिलो हाफमा मदन भण्डारीसँग गोलरहित बराबरी खेलेको सिमराले दोस्रो हाफमा भने लगातार गोल गर्‍यो । खेलको ५२ औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा विवेकले व्यक्तीगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पुरा गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए । मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि पाईएको पेनाल्टीलाई विवेकले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन । खेलको ३५औं मिनेटमा सिमराका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्तान अशिम गुरुङ गोल गर्न चुके ।

उसको प्रहार सिमराका गोलरक्षक दिलमणि चौधरीले बचाएका थिए । प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका सिमराका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । अब सेमिफाइनल प्रवेशका लागि सिमराले थ्री स्टार क्लबको सामना गर्नेछ ।

थ्री स्टारले पहिलो चरणमा वाई पाएको छ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाइज रुपन्देही र सुनौलो संगम वुटबलबीच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment