Comments Add Comment

डोनाल्ड ट्रम्पको भाषणमा ‘डीडीएलजे र सोले’को चर्चा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला भारत भ्रमणमा छन् । उनी, सोमबार भारतको भ्रमणमा आएका हुन् । उनै, ट्रम्पले आफ्नो मन्तव्यमा बलिउडका २ चलचित्रको चर्चा गरेका छन् । उनले भने–‘विश्वभरका मानिस बलिउड चलचित्रको संगीत र डान्समा रमाइरहेका छन् । विशेषगरि, क्लासिक चलचित्र डीडीएलजे र शोले यसमा सहभागी छन् ।’

ट्रम्पले आफ्नो ट्विटरमा चलचित्र ‘शुभमंगल ज्यादा सावधान’को पनि तारिफ गरेका थिए । ट्रम्पले यी दुई चलचित्रको चर्चा गरेसँगै सामाजिक संजालमा नायक साहरुख खानका फ्यानहरुले ट्विट गरेका थिए ।

यसअघि भारत भ्रमणका क्रममा अमेरिकामा निवर्तमान राष्ट्रपति बाराक ओबामाले नायक साहरुख खान र डीडीएलजेको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment