Comments Add Comment

जब ‘सुपर पावर’का साथ रोडिजको सेटमा पुगिन् प्रियंका

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज’मा अहिले जर्नी राउण्डमा चलिरहेको छ । सोमबार प्रशारण भएको एपिसोडमा भने नायिका प्रियंका कार्की पनि सेटमा पुगेकी छिन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी हुन् ।

प्रियंकाको सुपर पावर थियो, ‘वाइल्ड कार्ड इन्ट्री’ । प्रियंकाले आफूसँगै कलिङ राउण्डमा आइपुगेका ८ प्रतियोगीलाई सेटमा लिएर पुगेकी थिइन् । जसमा ४ जना केटा र ४ जान केटी थिए । जसबाट १–१ जना मात्रले जर्नी राउण्डको लागि प्रवेश पाउने थिए ।

प्रतियोगितामा महिलातर्फ सन्जुले टाक्स जितेकी थिइन् भने पुरुषमा पिज्जाले जितेका थिए । होस्ट रेमनदाश श्रेष्ठले सन्जुलाई समन श्रेष्ठको ‘टिम ब्लु’मा राखिदिए भने पिज्जालाई अनुप विक्रम शाहीको ‘टिम रेड’मा राखिदिए ।

एपिसोड वाइल्डकार्डमा मात्रै सकिएको थिएन । त्यहाँ भोट आउट पनि भयो । जहाँ दुई जना प्रतियोगी भोट आउट हुने भए । जसमा दीया मस्केको ‘टिम एल्लो’बाट आशिष र आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’बाट सुजन बाहिरिए ।

दुबै प्रतियोगीहरुलाई टाइटिल जित्न सक्ने प्रतियोगीका रुपमा हेरिएको थियो । दुई जना नै बाहिरिदा माहोल एकैछिन निराशजनक बनेको थियो । त्यहीँ समय प्रियंकाले आफ्नो अर्को सुपर पावर प्रयोग गरिन । त्यो सुपर पावर थियो, बाहिरिएका प्रतियोगीलाई भित्र ल्याउने ।

एउटा बट्टामा ४ वटा चिट राखिएको थियो । त्यहाँका दुई वटा चिटमा प्रतियोगीलाई फिर्ता गर्ने लेखिएको थियो भने दुई वटा खाली थिए । लाहुरे र दीयाले चिट ताने । दुबैले आफ्नो प्रतियोगीलाई फिर्ता गर्ने चिट हात परे । दुबै प्रतियोगी खेलमा फर्किए । दुबै प्रतियोगी खेलमा फर्किदा माहोल खुसी–खुसी थियो ।

प्रियंकाले गर्दा फिर्ता आएकोमा दुबै प्रतियोगीहरुले प्रियंकालाई विशेष धन्यवाद दिए । प्रियंकाले आफू पुनः आउने भन्दै सेटबाट बाहिरिएकी थिइन् । अहिले रोडिजमा १३ प्रतियोगी छन् । अनुपको टिममा ४ जना प्रतियोगी छन् भने बाँकी ३ टिममा ३–३ जना प्रतियोगी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment