+
+
Shares

चिनियाँ दूतावासमा बुझाइयो हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १४:०५

१३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’ भन्ने ब्यानरसहित संकलित हस्ताक्षर बुझाइएको छ । नेकपा नेताहरुको अगुवाइमा काठमाडौंस्थित चिनियाँ राजदूतावासमा हस्ताक्षर बुझाइएको हो ।

नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजको तर्फबाट संकलित २१ सय नेपालीको हस्ताक्षर पूर्वमन्त्री आनन्द पोखरेलले चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गरे ।

नेकपा नेताहरु पोखरेल तथा राजेन्द्र गौतम सहितको टोलीले दूतावास पुगेर कोरोना भाइरस विरुद्धको लडाइँ चीनको मात्र नभएर सिंगो विश्वको चुनौति भएकाले नेपाली जनताको तर्फबाट ऐक्यबद्धता जनाएका थिए ।

हस्ताक्षर बुझ्दै चिनियाँ राजदूत यान्छीले संकटको बेला नेपालीले चिनियाँ जनताप्रति देखाएको सदभावप्रति आभार व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?