Comments Add Comment

हामी कस्तो माछा-मासु खाँदैछौं ?

माछामासु हामीकहाँ मात्र होइन विश्वभर नै खाइन्छ । तर, त्यसलाई पालनपोषण गर्ने, हुर्काउने, ढुवानी गर्ने, बध गर्ने, भण्डारण गर्ने विधी एवं तौर-तरिका फरक हुन्छ । हामीकहाँ त परम्परागत ढंगले भाग लगाइएको मासुलाई स्वादिलो मानेर किन्ने गरिएको छ । जबकी यस्ता मासुले जिब्रोलाई क्षणिक आनन्द दिएपनि शरीरभित्र प्रवेश गरेपछि त्यसले निकै हानी पुर्‍याउन थाल्छ ।

अहिले शहरियामा बढ्दो मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, बाथ जस्ता समस्याका कारक यही खानपान हो ।

खासमा कुनैपनि प्रणीलाई मासुजन्य प्रयोजनका लागि पालिन्छ भने, त्यसलाई सुविस्तापूर्वक हुर्काइन्छ । स्वस्थ, निरोगी, जवान पशुलाई वध गरिन्छ । त्यो पनि कतिपनि पीडा नदिई । यसरी वध गरिसकेपछि त्यसलाई उचित तरिकाले भण्डारण गरिन्छ, ताकि जीवाणुहरु नफैलियोस् । यस्तो माछामासुले त्यती हानी गर्दैन, जति पीडादायी ढंगले बध गरेर जथाभावी बिक्रीमा राखिएको माछामासुले गर्छ ।

हामीकहाँ यस्तै माछामासु विक्री गरिएको हुन्छ, जो अस्वस्थ्यकर हुनेगर्छ । रोगी पशु पनि बध गरिन्छ । निरोगी पशुलाई समेत बध गर्ने समयसम्म रोगी बनाइन्छ । यातना दिएर । यस्तो मासुले हाम्रो शरीरमा विकार पैदा गर्ने नै भयो ।

यद्यपी अहिले धेरैको भान्समा माछामासु पाक्छ । माछामासु विना खाना नै नखानेहरु पनि थुप्रै छन् । यदि माछामासु खाने नै हो भने, त्यसलाई स्वस्थ्यकर ढंगले सेवन गर्नुपर्छ ।

कसरी स्वस्थ्यकर माछामासु खाने ?

सुरुमा त माछामासु खरिद गर्नुअघि त्यही विक्री केन्द्रमा जानुपर्छ, जहाँ सफा र ताजा माछामासु पाइन्छ । मासुको रंग, गन्धबाट पनि त्यो कति ताजा हो वा वासी हो भन्ने थाहा पाउन सकिन्छ । ताजा र कुनै अखाद्य पदार्थ मिसावट भएको कुरामा ढुक्क भएपछि मात्र माछामासु खरिद गर्नुपर्छ ।

माछामासुलाई सफा गर्ने, भण्डारण गर्ने विधी अपनाउनुपर्छ ।

माछामासु खानुअघि पि|mजमा राखेर एवं फ्रोजन गरेर खान सकिन्छ । मेरिनेट गरेर पकाउनुअघि पनि फ्रिजमा नै राख्नु उपयुक्त हुन्छ । भण्डारण गर्ने कुरामा मात्र होइन, पकाउने कुरामा पनि सर्तकता अपनाउनुपर्छ । मासुलाई उचित तापमानमा पकाउनुपर्छ ।

अक्सर मासुलाई धेरै समय पकाउने गरिन्छ । यसले उक्त खानेकुरा विषाक्त बन्ने भय हुन्छ ।

तीनथरी खाना

खासमा खानपानलाई तीन भागमा विभाजन गरिएको छ । सात्विक, राजशी र तामसिक । सात्विक भोजन, जो स्वास्थका लागि लाभदायक हुन्छ । पोषक तत्वले भरपुर र सजिलै पच्ने खानेकुरा । यस्ता खानेकुराले शरीरमा विकार पैदा गर्दैन ।

राजशी खानेकुरामा धेरै मरमसला मिसाइएका थरीथरीका परिकार पर्छन् । जो स्वादिलो हुन्छ । हेर्दा आकर्षक । तर, यस्ता खानेकुरा पचाउने शक्ति हाम्रो पाचन प्रणालीसँग हुँदैन ।

तामासिक खानेकुरा भनेका माछामासु, मदिरा लगायत यस्तो भोजन हो, जसले शरीरमा नकारात्मक उर्जा पैदा गर्छ । उत्तेजना, आवेग, क्रोध बढाउँछ । शरीरमा पुगेपछि त्यस्ता खानेकुराले विकार पैदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment