+
+

जागिरको प्रलोभनमा सामूहिक बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १२:०४

१३ फागुन, काठमाडौं । महानगरीय प्रहरी बृत, महाराजगञ्जको प्रहरी टोलीले बुढानिलकण्ठबाट सामूहिक बलत्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गौरिगञ्ज गाउँपालिका–१ घर भइ बुढानिलकण्ठ बस्ने ३४ वर्षीय विशाल सङग्रौला र ३५ वर्षीय सुबास सङग्रौला छन् ।

महानगरीय प्रहरी बृत महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाई काठमाडौंमा बोलाएर उनीहरुले बलात्कार गरेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरिएको हो ।

बुढालिनकण्ठ–६, गणेश चोकस्थित सुवासकै घर र भक्तपुरको एक रिसोर्टमा लगेर बलात्कार गरिएको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेकामाथि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?