Comments Add Comment

प्रदेश सरकार परिवर्तनको सपना नदेखे हुन्छ : मुख्यमन्त्री राउत

१३ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सरकार परिवर्तन हुने सपना नदेख्न सुझाएका छन् । संघीयतालाई धरापमा पार्न केही नेताहरुले प्रदेश २ को सरकार ढाल्ने दाबी गरेको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अगाडि धनुषा आएरै प्रदेश २ को सरकार परिवर्तनका लागि कुराकानी भइरहेकेा बताएका थिए ।

राउतले भने प्रचण्डको नाम नलिइ सरकार परिवर्तनको सपना नदेख्न आग्रह गरेका छन् । स्व. महेन्द्र नारायण निधिको ९८ औं जन्म जयन्ती दिवसको अवसरमा नेपाली कांग्रेसले जनकपुरधाममा मंगलबार आयोजना गरेको कार्यक्रमलाई मुख्यमन्त्री राउतले भने, ‘केही नेताहरु मञ्चपिच्छै बोली फेर्दै सरकार परिवर्तनको सपना देखिरहनु भएको छ । त्यस्तो सपना नदेखे हुन्छ ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय निधिले खेलेको भूमिका सदैव स्मरणीय रहने बबतएए ।

कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव लगायतले स्व. निधिको योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment