Comments Add Comment

दिल्ली हिंसामा २० जनाको मृत्यु, मध्यरातमा अदालतले भन्यो–घाइतेलाई बचाउनु

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते छन् ।

दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ । उच्चअदालतका न्यायाधीशद्वय एस मुरलीधर र अनुन भंवानीले राति साढे बाह्र बजे मानवअधिकारवादी वकील सुरुर मंदरको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले अल–हिंद अस्पतालमा उपचाररत घाइतेहरूलाई जीटीबी अस्पताल वा त्यहाँ लैजान नसक्ने हो भने एलएनजेपी, मौलाना आजाद अस्पताल वा अन्य सरकारी अस्पतालमा लैजान भनिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दुई दिने भारत भ्रमणका क्रममा दिल्लीका विभिन्न क्षेत्रमा थप हिंसा चर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment