Comments Add Comment

नक्कली लाइसेन्सको कारोबारमा संलग्न १ जना पक्राउ

१५ फागुन, जनकपुरधाम । नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा धनुषाबाट १ व्यक्ति पक्राउ परेकी छन् ।

जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्रलाई प्रहरीले नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेकी मिश्रले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने नारायण भनिने कृष्णदेव कुसवाहा गत माघ २९ गते प्रहरी चेकिङ्गमा परी आफ्नो लाइसेन्स देखाउँदा उनको लाइसेन्स नक्कली भएको फेला परेको थियो । त्यस क्रममा कुसवाहाले आफूसँग ५ हजार रकम लिएर चन्दनले नक्कली लाइसेन्स दिएको प्रहरीसमक्ष बताएका थिए ।

कुसवाहाले चार जनासँग मिश्रले रु ६० हजारका दरले रकम लिएको बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार, धनुषा जिल्ला अदालतबाट चार दिनको म्याद लिई मिश्रविरुद्व थप अनुसन्धान शुरु गरिएको छ ।

मिश्रविरुद्व अन्य उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment