+
+
Shares

राष्ट्रिय सहमति विना संविधान संशोधन असम्भव : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १३:४०
Photo Credit : अनलाइनखबर फाइल ।

१५ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको बताएका छन् ।

अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म संशोधन सम्भव नभएको उनले बताए । संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने बताए ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न नेकपाले कार्यदल बनाएको थियो, तर यसको चौतर्फी विरोध भएपछि नेकपा आफैंले कार्यदल भङ्ग गरेको छ ।

नेकपा नेता गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा कार्यदलको सुझावअनुसार सचिवालयले निर्णय गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?