Comments Add Comment

जसिताको हातमा २ प्रोजेक्ट, तर कुर्ने कहिलेसम्म ?

नायिका जसिता गुरुङको हातमा २ चलचित्र छन् । त्यो पनि देशका चल्तीका २ नायकसँग । उनले नायक धिरज मगरको जोडी भएर काम गर्ने गरि साइ नगरेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५ महिना अगाडि नै सुरु हुनुपर्ने हो ।

तर, यो चलचित्रको छायांकनपछि सरिरहेको छ । निर्देशक रेनशा वान्तवा राइले चलचित्रको छायांकन वैशाखबाट सुरु हुने बताएकी छिन् । तर, चलचित्रको छायांकन सुरु नभएसम्म विश्वस्त हुने ठाउँ छैन ।

यहीविचमा, नायिकाले नायक अनमोल केसीसँग सहकार्य गर्ने गरि चलचित्र ‘एन्टी हिरो’ साइन गरिन् । जसिताका लागि यो खुशीको क्षण पनि थियो । यो चलचित्रको छायांकन वैशाखबाट सुरु हुने चर्चा थियो ।

तर, अब घटनाक्रम नयाँ बाटोमा मोडिएको छ । निर्माता भूवन केसीले ‘एन्टी हिरो’ भन्दा अगाडि चलचित्र ‘पारस’ बनाउने पक्का गरेका छन् । ‘पारस’को छायांकन आउँदो बर्षबाट सुरु हुनेछ ।

यसैले, ‘एन्टी हिरो’को छायांकन सुरु हुन समय लागेसँगै जसिताको प्रतिक्षाको घडी अझै बढेको छ । यो विचमा वैशाखबाट चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु भएको खण्डमा, जसिताका लागि राहत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment