Comments Add Comment

भीमसेनदासको प्रश्न : टुँडिखेल बचाउन मानवसागर उतार्नुपर्ने हो ?

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले टुँडिखेल जोगाउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न संघसंस्थाको अतिक्रमणमा परेको वृहत टुँडिखेल जोगाउन युवाहरूले गत कात्तिकबाट सुरु गरेको अभियानलाई सम्बन्धित निकायले बेवास्ता गरेको बताए ।

काठमाडौंबासी उठेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको प्रसंग स्मरण गर्दै सांसद प्रधानले भने, ‘गुठी विधेयकको विरोधमा माइतीघरमा जस्तै टुँडीखेलमा मानवसागर उतार्नु पर्ने हो ?

पुरानो बसपार्क बनाउने भनिएको काठमाडौं भ्यूटावरका कारणले पनि टुँडीखेल अतिक्रमण भइरहेको प्रधानको भनाइ छ । उनले भ्यूटावरले गर्दा खुलामञ्च निर्माण सामग्री, पार्किङ स्थल र यौन व्यावसाय गर्ने थलो बनेको बताए ।

२०७१ मा पाँच वर्षभित्र बनाउने घोषणा गरिएको भ्यूटावरको ६ वर्ष बित्दा पनि डीपीसी समेत बन्न नसकेको उनले बताए ।

भ्यूटावर बनाउने ठेक्का लिएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका मनोजकुमार भेटवालले खुल्लामञ्चमा ५२ वटा सटर बनाएर बेचेका थिए । व्यापक विरोधपछि गत बैशाखमा सटर भत्काइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment