
१५ फागुन, काठमाडौं । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका छन् ।
बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित छन् ।
प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेपालले मिडियामा आएका खबरहरु हेरेर निराश नहुन आग्रह गरे । उनले भने, ‘यस्ता उतारचढाव आउँछन्, आत्तिनु पर्दैन ।’
पार्टी एकतावद्ध भएको सन्देश दिन नै शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएको उनले बताए ।
नेता ईश्वर पोखरेलले पनि माथिको विवाद माथि नै लिाउने भन्दै नआत्तिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4