Comments Add Comment

नाकाबन्दी भन्न नसक्नेहरु केक राष्ट्रवादी भए : प्रधानमन्त्री

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध गर्ने केही विषय नपाएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको र आफ्नो जन्मदिन पनि त्यही बेला मनाएको बताए ।

तर विजुली धारा पुगेको नदेख्नेहरुले धुमधामसँग जन्मदिन मनाएको भनेर आलोचना गरेको उनले बताए । आफूले नाच्न पनि नभनेको र केक ल्याउन पनि नभनेको भन्दै उनले भने, ‘मैले त हेर्दा पनि हेरिनँ, कति केक ल्याए र लगे ।’

नेपालको नक्सा अंकित केक काटेको भन्दै भएको आलोचनालाई उनले केक राष्ट्रवादको संज्ञा दिए ।

मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उनले भने, ‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’

संसदबाट भागेको छैन

आफू केही दिन संसदमा नजाँदा संसदबाट भाग्न पाइँदैन भनेको सुनेको प्रधानमन्त्री ओलीले सुनाए ।

बोल्न खोज्दा नाराबाजी गरेर बोल्न नदिएको भन्दै संसदबाट नभाग्ने बताए । उनले अघि भने, दुई तिहाई ल्याएको नेता हुँ म । केही दिनमा गएर सुन्छ र जवाफ दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment