+
+
Shares

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १७:२०

१५ फागुन, काठमाडौं । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा नयाँ कार्यसमिति गठन गरिएको छ । सरकारले उच्च अदालत, दिपायलका पूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पोखरेलको अध्यक्षमा नयाँ समिति गठन गरिएको जानकारी दिए ।

समितिमा राष्ट्रिय सहकारी महासंघका तर्फबाट टिका बुढाथोकी चयन भएका छन् भने सहकारुी क्षेत्रको विज्ञ भनेर सरकारले ममता देवी शर्मा उपाध्याय र सरस्वती देवी भट्टराईलाई नियुक्त गरेको छ ।

समितिको सदस्य सचिवमा भने नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत सदस्य-सचिव रहने व्यवस्था छ । उक्त समितिले समस्याग्रस्त सहकारीमा देखिएका समस्याको समाधानका लागि पहल गर्नेछ ।

सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सरकारले नयाँ समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?