Comments Add Comment

उत्कृष्ट तस्वीरको प्रदर्शनी सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी शुरु भएको छ ।

काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे । प्रदर्शनीको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले फोटो पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाएर लैजान पिजे क्लबको भूमिका महत्वपूर्ण भएको बताए ।

उनले फोटो खिचेर पनि आर्थोपार्जन गर्न सकिने गरी यस क्षेत्रको विकास हुनुपर्ने धारणा राखे । त्यसका लागि फोटो पत्रकारहरुले नै काम गर्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिए ।

फोटो प्रदर्शनी र प्रतियोगिताले फोटो पत्रकारितालाई प्रतिस्पर्धी बनाउने र व्यवसायिक रुपमा माथि उठाउन, मर्यादित बनाउन र अर्थोपार्जनको महत्वपूर्ण स्रोत बन्न सहयोग पुर्‍याउने उनले बताए ।

कार्यक्रममा आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि विजेता नभेष चित्रकारले आफूले प्राप्त गरेको पुरस्कार रकम आफूले फोटो खिचेको व्यक्तिका आमालाई हस्तान्तरण गरे ।

चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो खिचेका थिए । सोही फोटो नै यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर २०७६ घोषित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment