Comments Add Comment

एसिड छ्याप्नेलाई ८ वर्ष कैद र १ लाख जरिवाना

१ करोड १४ लाख क्षतिपूर्ति भराउन आदेश

१५ फागुन, हेटौैंडा । हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरले ८ बर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश कमलराज विष्टको एकल इजलासले साढे ६ वर्षअघिको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

एसिड हान्नका लागि सहयोग गरेको भन्दै अदालतले सहयोगी सञ्जयकुमार मण्डललाई २ बर्ष ६ महिना कैद सहित ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

केशरीलाई प्रहरीले कात्तिक १४ गते र सहयोगी मण्डललाई १० दिनपछि पक्राउ गरेको थियो ।

भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल वैशाख ९ गते उनकै पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment