Comments Add Comment

अप्रिलमा ऋचा र अलीको बिहे

बलिउड नायिका ऋचा चड्ढा र कलाकार अली फजलको बिबाह अप्रिल महिनामा पक्का भएको छ । यी दुइले लखनउमा सबैभन्दा पहिला बिबाह गर्दैछन् । यसपछि भने उनीहरुले दिल्लीमा हिन्दु परम्परा अनुसार बिहे गर्ने बताइएको छ । मुम्बइमा उनीहरुले पार्टीको आयोजना गर्नेछन् ।

यसैविच, उनीहरुले अदालत पुगेर कोर्ट म्यारिज पनि गर्ने बताएका छन् । उनीहरुले मुम्बइको बान्द्रामा रहेको अदालतमा कानुनी बिहेका लागि निवेदन दिएका छन् । उनीहरुले, ३ महिना भित्रमा कोर्ट म्यारिज गरिसक्नुपर्नेछ ।

ऋचाले बलिउडमा ‘ओए लक्की लक्की ओए’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । ऋचाले चलचित्र ‘ग्याङ्ग्स अफ वासिपर १ र २’मा उत्कृष्ट अभिनय गरेको भन्दै फिल्मफेयरमा उत्कृष्ट नायिकाको अवार्ड पनि पाएकी थिइन् ।

भारतको पटनामा जन्मिएकी ऋचा बलिउडमा फरक खालका चलचित्रमा काम गर्न सधै नै अगाडि छिन् । उनी बेला–बेलामा विवादस्पद बयानका कारण पनि चर्चामा रहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment