Comments Add Comment

नेकपा सचिवालय बैठक जारी

१८ फागुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही ढिला सुरु भएको छ । कार दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा गएपछि बैठक ढिला बसेको हो ।

बैठक बिहान साढे ११ बजे बस्ने तय भएको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अर्का अध्यक्ष ओली निवासमा नभएपछि उनीहरुले करिब आधा घण्टासम्म कुर्नुपर्यो ।

सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित रहेको बताइएको छ । नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि केहीबेरपछि नै प्रधानमन्त्री ओलीले असहमति जनाएका थिए । उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।

तर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद छ । यहीबीच बस्न लागेको नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment