Comments Add Comment

विप्लव निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

१९ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष धनुषाबाट पक्राउ परेका छन् ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई आइतबार राति १२ बजेतिर धनुषा कै गणेशमान चारनाथ नगरपालिका ५ स्थित सुखवनी खोलाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका ३ बस्ने ५० वर्षीय गौरीनारायण मण्डल रहेको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए । पक्राउ परेका मण्डल नेकपा विप्लव समूह निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रहरीका अनुसार संगठित अपराध, बम बिस्फोट तथा कर्तव्य ज्यान मुद्दाका उनी फरार प्रतिवादी हुन् ।

झण्डै तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम बिष्फोटमा उनको संलग्न रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment