+
+

गुल्मीमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १३:३१

१९ फागुन, गुल्मी । गुल्मीको धुर्कोटमा एक जना व्यक्ति मृत फेला परेका छन् ।

धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुष व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको उनले बताए ।

त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शवको सदगत गरेको छ । कहीँ कतैबाट पनि मृतकको पहिचाहन हुन नसकेपछि बेवारिसे शवको सदगत गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिरमा बिरामी अवस्थामा फेला परेका नाम थर वतन नखुलेका व्यक्तिको गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?