Comments Add Comment

दिपेशले जिते सिन्धुलीगढी ब्याडिमिन्टनको उपाधि

१९ फागुन, काठमाडौं । विभागीय टोली एपीएफका दिपेश धामीले प्रथम सिन्धुलीगढी राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् ।

राष्ट्रिय च्याम्पियन दिपेशले आइतबार भएको फाइनलमा नेपाल पुलिसका विष्णु कटवाललाई  २१-१७, २१-६ को सोझो सेटमा हराए ।

च्याम्पियन दिपेशले नगद ५० हजार प्राप्त गरेका छन् । दोस्रो भएको विष्णुले २५ हजार पाएका छन् ।  पुरुष सिंगलतर्फ आर्मीका नविन श्रेष्ठ र बुढासुब्बा ब्याडमिन्टन क्लबका प्रियान्सुसिंह क्षेत्री संयुक्त रुपमा तेस्रो भए ।

यस्तै पुरुष युगलमा सुरज महर्जन र प्रविन लिङथेप लिम्बुले उपाधि जिते । यो जोडीले फाइनलमा प्रनिश ठकुरी र सुजन श्रेष्ठको जोडीलाई पराजित गरे । विजेताले नगद ४० हजार प्राप्त गरे ।

मिक्स युगलमा सुरज र अमिता गिरीको जोडीले उपाधि जिते । सुरज र अमिताले प्रविन र अनु राईको जोडीलाई २११९, ११२१, २४२२ ले पराजित गरे । विजेताले नगद ४० हजार प्राप्त गरे ।

सिन्धुली जिल्लाको सर्वाधिक धनराशीको प्रतियोगितामा १६० खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितालई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment