Comments Add Comment

औषधी व्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ

१९ फागुन, गोरखा । नेपाल औषधी व्यवसायी संघ गोरखाको अध्यक्षमा पुनः संगमबाबु श्रेष्ठ चयन भएका छन् ।

आइतबार सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको अधयक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा विनोद अर्याल, महासचिव सन्दीप गोर्खाली, उपसचिव गोकर्ण थापा, कोषाध्यक्ष गोमा ढकाल र उपकोषाध्यक्ष मिना श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा रामहरि बिसुंखे, तेजव तिवारी, प्रतिमा काराखेती रहेका छन् ।

अध्यक्षमा श्रेष्ठसहित सन्देश मास्के र अयोध्या जोशीको पनि उम्मेदवारी परेको थियो । छलफल र सहमति पश्चात मास्के र जोशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment