Comments Add Comment

के समीक्षकको समीक्षाबाट खुशी छैनन् सिताराम ?

चलचित्र ‘सेन्टी भाइरस’ छायांकन भैरहँदा कलाकार सिताराम कट्टेल चितवनमा अन्तरराष्ट्रिय रंगशाला निर्माणको लागि दौडधुप गरिरहेका थिए । कहिले चितवन त कहिले काठमाण्डौमा रहेर उनले चलचित्रको छायांकन सकाएका थिए । चलचित्रको प्रचारमा पनि उनले खासै समय दिन पाएनन् ।

तर, चलचित्रको टिम, निर्देशक, मेकिङसँगै रंगशाला निर्माणका लागि चलचित्र हेरिदिन गरिएको आग्रहका कारण पनि यसले राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रले ९ दिनमा ४ करोड ग्रस कलेक्शन सार्वजनिक गरेको आँकडा यसको निर्माणपक्षले सार्वजनिक गर्यो ।

यसको अर्थ, चलचित्रलाई नेपालबाट लगानी उठाउन समस्या पर्ने देखिएको छ । सितारामका अनुसार, यो चलचित्र २ करोड ८५ लाखमा बनेको हो । यसको अर्थ, चलचित्रले नेपालबाट लगानी उठाउन करिब ८ करोडको हारहारीमा ग्रस कलेक्शन गर्नुपर्छ, जुन अब संभव देखिएको छैन ।

यसो भनिरहँदा चलचित्रको व्यापारमा असर केले गर्यो त ? सितारामकै भाषामा भन्नुपर्दा, चलचित्रको बिषयमा दोधारको अवस्था आउँदा सुरुवाती दिनमा असर परेको थियो ।

उनले, समिक्षालाई कारक नमानेपनि उनको आशय यही नै थियो । उनले, समिक्षकले चलचित्रको समिक्षा गर्नु अधिकारको कुरा भएको समेत बताए । तर, शुक्रबारदेखि नै सार्वजनिक भएका समिक्षाले चलचित्रको व्यापारमा ब्रेक लगाइदियो ।

नेपालबाट लगानी उठाउन नसक्दा असफल चलचित्रको सूचीमा ‘सेन्टी भाइरस’को नाम अगाडि आउँछ । यो सितारामकै लागि सुखद कुरा भने होइन । उनका अनुसार, विश्व बजारबाट भने चलचित्रको लगानी सुरक्षित भैसकेको छ । यसको अर्थ, अब हुने व्यापारको ५० प्रतिशत मात्र रंगशालालाई जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment