Comments Add Comment

नेकपाको सुदूरपश्चिम भेला : गुटबन्दी नगर्न नेतृत्वलाई सुझाव

१९ फागुन कैलाली । तत्कालीन नेकपा एमाले र माओवादीबिच पार्टी एकता भएको डेढ बर्ष भइसक्यो । तर न पार्टी एकताको काम सकिएको छ न कार्यकताृमा भावनात्मक एकता भइसकेको छ । कार्यकर्तामा मात्रै होइन, नेताहरुमा पनि पूर्व एमाले र पूर्व माओवादीको नाममा गुटबन्दी भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा सहभागी नेताहरुले पनि पार्टीमा गुटबन्दी रहेकेा स्पीकार गरे । कार्यकर्तामा उर्जा थप्न धनगढी आएका नेताहरुबाटै पार्टीमा गुटबन्दी रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र थुप्रै समस्या रहेको भन्दै सुदृढीकरण आवश्यक रहेको बताए । ‘यो पार्टीलाई सुदृढ गर्न बाहेक बिकल्प छैन’ उनले भने, ‘कसैले पार्टी बिघटनको दिशामा जान्छ भन्ने सोचेको छ भने उनीहरुको सपना कहिल्यै पनि पुरा हुँदैन । पार्टी एकताबद्ध भएर अगाडि बढ्छ ।’

लहडमा एकता नगरेको भन्दै उनले पार्टीभित्र रहेको समस्याहरु क्रमिक रुपमा हल हुने बताए । पछिल्लो समय कम्युनिस्टहरु पदमा पुगेपछि दम्भ पलाउने र पैसा मोहमा पर्ने समस्या देखिएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘कम्युनिष्ट पार्टीमा माफिया र बिचौलियाको प्रभाव पर्न थालेको छ, यो राम्रो होइन ।’

उनले सरकार पार्टीको निर्देशनमा नचलेको गुनासो पनि गरे । नेता नेपालले भने, ‘पार्टीको विधान र उद्देश्यअनुसार सरकार नचले असफलताको दिशातर्फ जानसक्छ ।’

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न बजेको कार्यदलले प्रतिवेदन बुझाइसकेको भन्दै उनले त्यसअनुसार नै अगाडि बढ्ने बताए । नेपाललाई अहिले सहयोग चाहिएको भन्दै उनले अघि भने, ‘कार्यदलको प्रतिवेदन प्रस्तुत भएपछि धेरै कुरा आउला तर, देशको हितमा छ भने स्वीकार गर्छाै । देशको अहितमा छ, कुनै सैन्य गठबन्धन छ भने अस्वीकार हुन्छ ।’

कार्यक्रममा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको सत्ता ल्याउन पार्टी एकता गरेको बताए । घोषणापत्रहरुमा उल्लेख गरिएका बिषयहरु पुरा गर्नुपर्ने समय आएको भन्दै उनले भने, ‘जनतालाई सुखी बनाउन सकेनौं । शिक्षा, स्वास्थ्य, खानेपानी लगायत भौतिक पूर्वाधार विकासमा जोड दिन सकेनौं भनेपार्टीले आˆनो लक्ष्य पुरा गर्न सकेको मानिँदैन ।’

सचिवालय सदस्य इश्वर पोखरेलले पार्टी एकता भएपनि भावनात्मक एकता हुन नसकेको बताए । अझै पनि पूर्वएमाले र पूर्वमाओवादी भन्दै गुट अनुसारको कुरा हुनु विडम्बना भएको उनले बताए । ‘हिजोको कुराले वर्तमान बन्दैन । हिजोको माओवादी र हिजोको एमाले भत्काएर नेकपा बनाएका छौँ । अब माओवादी पनि छैन । एमाले पनि छैन’ उनले भने, ‘नेकपा मात्रै छ ।’

विधिअनुसार अघि बढ्न नसके पार्टीको अवस्था चिन्ताजनक हुने उनले बताएका थिए । भावनात्मक एकतापछि पार्टी एकता गरिएको भन्दै उनले भने, ‘पार्टी बलियो बनाउनुको अर्के विकल्प छैन । विधि र प्रकृयामा टेकेर पार्टीलाई गति दिनु पर्छ ।’

नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावलले गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । नेतृत्वतर्फ संकेत गर्दै उनले अरुलाई गुटबन्दी अन्त्य गर्न लगाउने र आफैले गुटबन्दी गर्ने गरेको उल्लेख गरे । ‘विभिन्न पक्षहरु छन्, बिभिन्न गुटहरु छन । त्यसको कैदबाट सबै मुक्त हुनुपर्छ’ उनले भने, ‘अरुलाई मुक्त हुनुपर्छ भन्ने आफू चर्काे गर्ने । त्यस्तो भुमरीबाट यो पार्टीलाई अगाडि बढाउन सक्दैनौं ।’

प्रदेशस्तरीय प्रशिक्षणमा स्थायी कमिटी सदस्य लेखराज भट्टले पाटीमा गुट रहेको र त्यसले हित नगर्ने धारणा राखे ।

‘हिजोका हाम्रा दुबै तर्फका कार्यशैलीलाई भत्काउन आवश्यक छ । हिजोका हाम्रा गुट उपगुट भत्काउन आवश्यक छ’ उनले भने ‘नेतृत्वले गुटहरुलाई भत्काउने साहस गरे मात्रै पार्टी बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment