+
+
Shares

तापसीलाई ऋतिकसँग काम गर्ने मन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते ११:२०

तापसी पन्नु स्टारर चलचित्र ‘थप्पड’ रिलिज भइसकेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले निकै राम्रो प्रशंसा पाइरहेको छ । तापसीको कामलाई धेरैले रुचाएका छन् । व्यापारिक रुपमा पनि चलचित्रले सन्तोषजनक व्यापार गरिरेहको छ ।

यस्तैमा, तापसीले आफूलाई ऋतिक रोशनसँग काम गर्ने मन भएको बोलेकी छिन् । उनले एक टिभी शोमा अन्तरवार्ता दिने क्रममा ऋतिकसँग काम गर्ने मन भएको बोलेकी हुन् ।

उनले भनेकी छिन्, ‘म ऋतिक रोशनको ठुलो फ्यान हुँ । केही वर्ष अगाडि नै मैले एक कार्यक्रममा उहाँलाई भेटेको थिए । त्यो बेला मैले सेल्फी खिचेको थिए । अब फेरी उहाँसँग सँगै काम गरेर सेल्फी लिने मन छ । अनि तुलना गर्नुछ, पहिले र अहिलेमा ।’

तापसी पछिल्लो समय निकै रुचाइएकी नायिकामा पर्छिन् । उनले चलचित्रमा निर्वाह गर्ने भूमिकालाई धेरैले प्रशंसा गर्ने गरेका छन् । तापसी पनि निरन्तर काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?