Comments Add Comment

संकटको भूमरीमा न्यूरोडका व्यापारी

२१ फागुन, काठमाडौं । रञ्जनागल्ली न्यूरोडमा रहेको आयुष ट्रेडिङ इन्टरनेश्नलका सञ्चालक महेशकुमार पियाको दैनिकी अहिले पट्यारलाग्दो बनेको छ ।

वुमन्स फेसन वेयरको होलसेल व्यापारमा दशक बढी बिताइसकेका उनी अहिलेको जस्तो व्यापारमा मन्दी आफूले कहिल्यै भोग्नु नपरेको सुनाउँछन् । ‘अहिले गर्मी सिजनको फेसनयुक्त कपडा ठूलो व्यापार हुने मौसम हो तर बजार ठण्डा छ । दिन कटाउन कठिन भइरहेको छ’ उनले भने । अघिल्लो वर्षको माघ÷फागुनको तुलनामा व्यापार ८० प्रतिशतले घटेको छ । ‘२० प्रतिशतको औषत व्यापारले लगानी, बैंकको ब्याज र पसलको भाडाको छेउ समेत लाग्दैन’ पियाले भने ।

न्यूरोडमा सारी कुथाएको होलसेल व्यापार गर्ने गंगा रेडिमेटकी सुजय लामिछानेको दुःख पनि उस्तै छ । आफ्नो पसलको व्यापार पनि औषत ३० प्रतिशतभन्दा बढी नभएको उनले बताइन् । बजारमा आएको शून्यताले पसलमा काम गर्ने कर्मचारीको तलब र भाडा तिर्न समेत कठिन हुने उनले सुनाइन् ।

जल विनायक ब्याग सेन्टरका सञ्चालक छविलाल तिवारी आफ्नो १८ वर्षे व्यापार यात्रामा यस पटकको संकट १० वर्षे जनयुद्ध पछिको भयानक अवस्था रहेको दाबी गर्छन् ।

तत्कालीन शेरबहादुर देउवा सरकारले संकटकाल घोषणा गरे पछिको अवस्थामा जस्तै अवस्था बजार देखिएको उनले बताए । ‘रेडिमेट आयातित वस्तु त प्रभावित भयो नै, अब त कच्चा पदार्थ पनि अभाव हुन थाल्यो, अर्थतन्त्र संकटमा फस्ने खतरा देखेको छु’ तिवारीले भने ।

व्यवसायीहरुकाअनसुार खुद्रा पसलेहरु समान किन्न काठमाडौं आएका छाडेका छन् । चीनबाट नयाँ सामान नआएकाले खुद्रा पसल सञ्चालकहरु नआएका हुन् ।

दुई महिनादेखि आयात ठप्प

व्यवसायीहरुका अनुसार चीनका बजारमा केन्द्रीत आयात दुई महिना देखि ठप्प जस्तै छ । कोरोना भाइरसको संक्रमण देखा पर्नु अगाडि चिनियाँहरुको नयाँ वर्ष र उच्च हिमाली भूभागमा परेको हिउँले सडक अबरुद्ध एकसाथ भयो ।

त्यो विदा सकिँदा नसकिँदै कोरोना देखिएपछि आफूहरु मारमा परेको व्यवसायी सागर घिमिरे बताउँछन् । मौसमी, लत्ता कपडा, कस्मेटिक, जुत्ता, घडी, सवावटका समान लगायतका नयाँ सामाग्री अंग्रेजी नयाँ वर्षको पहिलो महिना देखि नेपाल भित्रिन नपाएको उनले बताए ।

व्यापारीले लगानी गरेर भित्र्याएको सामाग्री केरुङ र तातोपानीतर्फ नै रोकिएको रञ्जना व्यापार संघका महासचिव रामकुमार तिमिल्सिना बताउँछन् ।

व्यवसायीले रञ्जना मल छोड्न थाले

रञ्जना व्यापार मलमा ४ सय होलसेल पसल छन् । यहाँ होलसेल पसल गर्नका लागि निकै महँगो मूल्यमा सलामी तिर्न चाहेपनि सटर भाडामा पाउन कुनै समय कठिन थियो । तर पछिल्लो संकटका कारण ५० वटा जति पसल रञ्जनाबाट विस्थापित हुने अवस्थामा पुगेको बताइएको छ ।

व्यापार नहुनु, कर्मचारीको तलब र सटर भाडा तथा बैंकको ब्याजदर थेग्न नसकेपछि पसल छोड्न थालेको एक व्यवसायीले बताए । ‘अवस्था सुध्रिएला कि भनेर कु¥यौं, तर झन खराबतिर जाने संकेत देखियो, अब कसरी व्यपार गर्ने ? एक पसलेले भने । व्यापारीहरु विस्थापिवत हुने अवस्थामा पुगेको रञ्जना व्यापार संघका महासचिव रामकुमार तिमिल्सिनाले पनि पुष्टि गरे । ‘२० देखि ५० वटा सटर भाडामा लिएकाहरुले भाडामा दिन ग्राहक खोज्न थालेको पाइएको छ’ तिमिल्सिनाले भने ।

दलदलमा फस्यौं

जुत्ताको होलसेल ब्यापार गर्ने सागर घिमिरेकाअनुसार नेपाल आइनपुगेका सामानमा व्यवसायीहरुको करोडौं रुपैयाँ लगानी भएको छ । तर सामान नआएका कारण न व्यवसाय छोड्न सक्ने अवस्था छ, न चपसल चलाउने । ‘कहिले राज्यको कानून, कहिले प्राकृतिक विपत्ति आयो, उनले भने ।

बैंकबाट ओडी लिएर लगानी गरेको सामान तातोपानी र केरुङमा थन्किएको रामकुमार तिमिल्सिना बताउँछन् । ‘न पसलमा सामान छ, न भएका सामानको बिक्री । अब बैंकको किस्ता कसरी तिर्ने ? उनले प्रश्न गरे ।

सरकारलाई आग्रह

व्यवसायीहरुले माजिसहरुको आवाजावत रोके पनि सीमामा थन्किएका सामान खुलाई दिन सरकारलाई आग्रह गरेका छन् । ‘कोरोना संक्रमणबाट बच्न सरकारको प्रयास ठिक छ,तर सकिन्छ पहल गर्न भने नाकामा अड्केका सामान क्वारेन्टाईनमा राख्ने गरी खुलाऔँ’ व्यवसायी घिमिरेले भने ।

बैंकले वयवसायीहरुको नाम लिलामीमा निकाल्ने अवस्था आएको भन्दै यसलाई सहजीकरण गरिदिन व्यवसायी रामकुमार तिमिल्सिनाले आग्रह गरे ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment