+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महाधिवशेन चुनावपछि गरौं : गंगा अवाल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १६:०३

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य गंगा लक्ष्मी अवालले चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने विचार राखेकी छन् ।

केन्द्रीय समितिको बैठकमा शुक्रबार धारणा राख्दै अवालले चुनावमा दललाई जिताउन सबै ध्यान त्यसमै लगाउनुपर्ने बताइन् ।

‘हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रितहुनु पर्ने र कांगे्रसलाई दुईतिहाई बहुमतले जिताउनु पर्ने भएकोले पनि हाम्रो सम्पूर्ण ध्यान आम चुनावमा लगाऔं भन्न चाहन्छु,’ अवालेले भनिन्, ‘यदि विधानलाई मात्र हेर्ने हो भने, अहिलेको जुन हस्ताक्षर बुझाई सकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ, तर अहिलेको यस्तो कठिन परिस्थितिमा बीपी कोईरालाको राष्ट्रिय एकता र मेलमिलापको भावनालाई अंगालेर मेलमिलाप गर्न अपरिहार्य छ ।’

केन्द्रिय सदस्यहरूको टाउको गनेर भन्दा अहिलेको अवस्थामा सामूहिक रुपमा एउटा निष्कर्षमा पुग्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?