Comments Add Comment

‘हिरो रिटर्न्स’को ट्रेलरमा रेखा र सविनको एक्सन

चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाललाई देखाइएको छ । ३ मिनेट लामो ट्रेलरमा एक्सन, प्रेम र विछोडको कथालाई समेटिएको छ । रेखा र सविनको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका छन् । ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्रमा भिम न्यौपाने र धुर्व न्यौपानेले लगानी रहेको छ ।

शिवम अधिकारीले लेखेको चलचित्रमा कास्यप घिमिरेको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रमा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment