+
+
Shares

बलात्कारको आरोपमा प्रदेश सांसद प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १९:०६

२० फागुन, कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिलामाथि बलात्कार गर्न खोजेको आरोप उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘महिलाको उजुरी आएपछि हामीले उहाँलाई खोजिरहेका थियौं,’ कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले भने, ‘उहाँ आफै आज प्रहरी कार्यालयमा उपस्थित हुनु भएको हो ।’

धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीकी एक विवाहित महिलाले रावलमाथि बलात्कार प्रयासको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा फागुन १४ गते उजुरी दिएकी थिइन् ।  पीडित महिलाले उजुरी दिएको एक सातापछि रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाहेरीमा पीडित भनिएकी महिलाले आफूमाथि माघ २१ गते रावलले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् ।

प्रहरीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति लिएको थियो । आफूविरुद्ध परेको उजुरीको बिषयमा बुझ्न भन्दै रावल बुधबार आफैं जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी हिसासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रावलविरुद्ध बिहीबार म्याद थप हुने प्रवक्ता बस्नेतले बताए ।

रावल अछाम क्षेत्रनम्बर २ को ‘ख’ बाट निर्वाचित नेकपाका सांसद हुन् । पार्टी एकता भन्दा पहिले तत्कालिन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि उनी नेकपा संसदीय दलको सचेतक भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?