+
+
Shares

डोटीमा स्वास्थ्य बिमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १९:३३

२१ फागुन, डोटी । बुधबारदेखि डोटी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक

कार्यक्रमका बीच स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेका हुन् । मन्त्री रावतले डोटी दिपायल सिलगढी नगरपालिका–६ का ७९ बर्षीय रतन मलासी र ७१ बर्षीया रुक्मिणी मलासीलाई स्वास्थ्य बिमा परिचय पत्र दिँदै कार्यक्रमको शुभारम्भ गरे ।

सो अवसरमा मन्त्री रावतले स्वास्थ्य बिमाका बारेमा चेतना फैलाउनु जरुरी रहेको बताए । ‘तीन हजार पाँच सयमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउने कुरा सामान्य होइन’ मन्त्री रावतले भने ‘त्यसैले सवै व्यक्तिहरुको स्वास्थ्य बिमा गर्नु जरुरी छ ।’

उनले सरकारी अस्पतालकै चिकित्सकहरुले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई महत्व नदिएको गुनासो आएको वताउँदै भने ‘सरकारी अस्पतालहरु कार्यक्रमबाट टाढा भाग्न खोज्छन्, निजी अस्पतालहरु नजिक आउन खोज्दैछन् ।’

राज्यमन्त्री रावतले सरकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट पन्छिन नहुनेसमेत बताए । उनले भने ‘बजेट कति चाहिन्छ माग्नुहोस् हामी दिन तयार छौं तर काम त गर्नुपर्‍यो ।’

उनले कोरोनाको संक्रमण देखिएमा नियन्त्रण गर्ने क्षमता नेपालसंग नभएको वताए ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक, विपन्न, एचआईभी संक्रमित, क बर्गको अपाङ्गता भएका व्यक्ति, एमडीआर टिभी र कुष्ठरोगीको बोर्डले निशुल्क बिमा गर्ने बताए । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुको ५० प्रतिशत अनुदानमा बिमा हुने उनले वताए ।

२०७२ साल चैत २५ गतेबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हालसम्म ५३ जिल्लामा लागू भएको छ । ५४ औं जिल्लाको रुपमा डोटी जिल्लामा शुभारम्भ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?