Comments Add Comment

कोरोना कहर : क्यालिफोर्नियामा आपतकाल, इटलीका विद्यालय बन्द

२२ फागुन, काठमाडौं । कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।

क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए । क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन राज्यका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएर टेक्सास र नेब्रास्कामा समेत पुगेको छ । संक्रमणदर बढ्दै गएपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताको बीचमा आपतकाल घोषणा गरेका थिए । वाशिङ्गटन र फ्लोरिडा राज्यमा पनि एक हप्ताको बीचमा आपतकाल घोषणा गरिएको थियो ।

अधिकारीहरुका अनुसार विश्वभर ९४ हजार बढी संक्रमित छन्, तीमध्ये ८० हजार जना चीनमा मात्रै छन् । विश्वभर ३ हजार २ सय जनाको कोरोनाकै कारण मृत्यु भएको छ । चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ ।

इटलीका विद्यालयहरु बन्द

कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरससँग जुध्न बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

त्यस्तै, देशभित्र हुने खेल प्रतियोगितामा पनि इटलीले प्रतिबन्ध लगाएको छ । यस्तो निर्णयसँगै सिरी–ए फुटबल स्थगन हुने भएको छ ।

चीन उद्गम भएर फैलिएको कोरोना इटलीका २० क्षेत्रमध्ये १९ मा फैलिएको छ । जसका कारण हालसम्म १ सय ७ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, ३ हजारभन्दा बढीमा संक्रमण फेला परेको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले स्वास्थ्य सेवा खतरामा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment