+
+
Shares

डोटीमा जिप दुर्घटना, १४ घाइते

रामहरि ओझा रामहरि ओझा
२०७६ फागुन २२ गते ९:३१

२२ फागुन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६, मेलगैरामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नं को जीप बिहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक लालबहादुर ऐरले दुर्घटनाको पुष्टि गर्दै जिपमा सवार १४ जना नै घाइते भएको जानकारी दिए ।

ऐरका अनुसार, दुर्घटनाका २ घाइतेको धनगढी र बाँकीको डोटी अस्पतालमा उपचार भइरहेको छ ।

अनियन्त्रित भई दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?