Comments Add Comment

कपिलवस्तुमा आगजनीको जिम्मा विप्लव समूहले लियो

२२ फागुन, काठमाडौं । कपिलवस्तुका दुई स्थानमा स्काभेटर र जेसीभी डोजरमा आगजनी गरेको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा गएराति आगजनी गरिएको थियो । ती गाडीहरु हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन् ।

घटनास्थलमा भेटिएको पर्चामा शर्मा एण्ड शर्मा कम्पनीले विकास निर्माणको नाममा लुट मच्चाएको आरोप लगाइएको छ । गुणस्तरहीन काम गरेको, निर्माणको क्रममा भएको क्षतिको क्षतिपूर्ति नदिएको लगायतका आरोप पनि लगाइएको छ ।

गएराति करिब एक बजेतिर विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा तथा शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको थियो । आगजनी गर्ने क्रममा सडक निर्माणको काममा खटिएका कर्मचारीहरुलाई कोठाभित्र थुनिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment