+
+
Shares

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सन्जेललाई सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १२:३६

२२ फागुन, काठमाडौं । समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेलले आत्महत्या दुरुत्सान मुद्दामा अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

आठ महिनाअघि समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले आत्महत्या गरेपछि सन्जेल दम्पतीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो ।

तामाङले आत्महत्या गरेपछि उनका आफन्तहरुले समता अस्पतालमा तोडफोडसमेत गरेका थिए भने प्रहरीले सन्जेल दम्पतीलाई पक्राउ गरेको थियो ।

समता स्कुल र समता अस्पतालले एक सय रूपैयाँमै शिक्षा र स्वास्थ सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?