Comments Add Comment

ग्रीसले रोक्यो ३५ हजार आप्रवासी, सयौंलाई फिर्ता पठाउने तयारी

२२ फागुन, काठमाडौं । टर्कीले गत साता आफ्नो सीमा खोलिदिएपछि ग्रीसले करिब ३५ हजार आप्रवासीलाई रोकेको छ ।

बिहीबार सरकारी स्रोतले दिएको जानकारी अनुसार सयौंलाई फिर्ता पठाउने तयारी पनि सरकारले गरेको छ । फेब्रुअरी २८ मा टर्कीले आफ्नो सीमा खोलिदिएपछि हजारौं आप्रवासी ग्रीस प्रवेश गरेका छन् ।

टर्कीले ग्रीसमाथि चार आप्रवासीको हत्या गरेको आरोप लगाएको छ । तर, ग्रीसले भने अस्वीकार गर्दै आएको छ । ग्रीसले टर्कीका सेनाले आप्रवासीलाई ग्रीस प्रवेशको लागि सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ । बुधबार सीमाक्षेत्रमा भएको तनाव हटाउन दुवै तर्फबाट अश्रुग्यास प्रहार भएको थियो ।

बिहीबार ग्रीसको सीमा क्षेत्रको भ्रमण गरेका टर्कीका आन्तरिक मन्त्री सुलेमान सोलुले आफ्नो भूमिमा आप्रवासी प्रवेश गर्न नदिन थप १ हजार विशेष सुरक्षाकर्मी परिचालन गरिएको घोषणा गरेका छन् ।

उनले बुधबार ग्रीसविरुद्ध यूरोपेली मानव अधिकार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका थिए । ग्रीसमाथि १६४ मानिसमाथि आक्रमण गरी घाइते बनाएको छ र करिब ५ हजार आप्रवासी टर्कीमा फिर्ता पठाएको उनको आरोप छ ।

बिहीबार भने सीमाक्षेत्रको अवस्था केही शान्त बन्न पुगेको छ । अफगानिस्तान, पाकिस्तान, सिरिया तथा अन्य अरब मुलुकबाट भागेर पुगेका शरणार्थीले सीमा क्षेत्रमा टर्कीतर्फ टेन्ट र क्याम्प बनाएर बसेका छन् । फेब्रुअरी २९ यता ग्रीसले आफ्नो सीमा प्रवेश गर्न खोज्ने ३४७७८ प्रयास रोकेको छ । यो क्रममा २४४ जना पक्राउ पनि परेका छन् ।

बुधबार अबेर ग्रीसका आप्रवासी मन्त्री नोटिस मितार्चीले मार्च १ पछि अवैधरुपमा ग्रीस आइपुगेका आप्रवासीलाई उत्तरी सहर सेरेस पठाई त्यहाँबाट उनीहरुकै मुलुक फिर्ता पठाइने बताएका थिए । ग्रीसले मार्च १ मा नै कुनै पनि शरणार्थीको आवेदन नलिने बताएको थियो । ग्रीसको यो निर्णयको मानव अधिकार नियोगले बताउँदै आएका छन् ।

ग्रीसको लेसबोसमा अहिले नै २० हजारले शरणार्थी आवेदन दिइसकेका छन् । जसमध्ये अधिकांश मानिस निकै नाजुक अवस्थाबाट गुज्रिरहेका छन् । ग्रीस र ईयूले टर्कीलाई ईयूमा आप्रवासी पठाउन भूमिका खेलेको भन्दै आलोचना गर्दै आएका छन् । आप्रवासी रोक्न थप रकम माग गर्न वा सिरियाको युद्धमा आफ्नो भू–राजनैतिक प्रभाव बलियो पार्न उसले यस्तो गरिरहेको उनीहरुको आरोप छ ।

टर्कीमा अहिले ३६ लाख सिरियाली शरणार्थी छन् । पछिल्लो समय उत्तरपश्चिमी सिरियामा जारी युद्धको कारण अझै सिरियाली शरणार्थीको संख्या मुलुकमा बढ्दो छ ।

सिरियामा रुस समर्थित सिरियाली सेनाले गरेको आक्रमणमा ३३ टर्कीका सेना मारिएसँगै टर्कीले आप्रवासीप्रति आफ्नो नीति परिवर्तन गरेको हो । यस विषयमा वार्र्ताको लागि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान बिहीबार रुस प्रस्थान गरेका छन् । पछिल्लो तीन महीनामा सिरियाको इड्लिबमा जारी युद्धको कारण पछिल्लो ३ महिनामा मात्र करिब १० लाख मानिस विस्थापित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment