Comments Add Comment

लोकसेवा पास गराइदिन्छु भन्दै घुस खाने डाक्टरलाई ४ महिना कैद

२२ फागुन, पोखरा । घुस लिँदालिँदै पक्राउ परेका तत्कालीन गण्डकी प्रदेश स्वास्थ निर्देशक डा. तारानाथ पौडेललाई चार महिना कैद सजायसहित एक लाख जरिवानाको फैसला सुनाइएको छ ।

लोक सेवा आयोगको अन्तर्वातामा पास गराइदिन्छु भन्दै डा. पौडेल गएको मंसिर १७ गते १ लाख घुससहित पक्राउ परेका थिए । विशेष अदालतले सहसचिव पदमा कार्यरत डा. पौडेललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।

अहेबको नतिजा प्रकाशित हुन लागेको र १ लाख रुपैयाँ दिए नम्बर चढाएर पास गराइदिने भन्दै पोखरा बुद्धचोकमा रकम लिनदेन गर्दैगर्दा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीबाट पक्राउ गरेको थियो ।

अहेबको अन्तर्वातामा सहभागी स्याङ्जाका ज्ञानप्रसाद न्यौपानेसँग पौडेलले घुस लिएका थिए । अहेबको मौखिक परीक्षामा विशेषज्ञका रुपमा अन्तर्वार्ता लिन खटिएका पौडेलले परीक्षार्थीलाई प्रभावमा पारी घुस मागेका थिए । पौडेल पक्राउ परेसँगै मंसिर ९ गते लोकसेवा आयोग पोखरा कार्यालयबाट लिइएको अहेब पदको अन्र्तवार्ता रद्द भएको थियो ।

स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारी प्रदेश स्वास्थ निर्देशक पौडेल पक्राउ पर्दा अवकास हुन २ वर्षमात्रै बाँकी थियो ।

घुसहित पक्राउ पर्नुअघि पनि पौडेल आर्थिक हिसाब अनुशासन कायम नगरेकै कारण जेलसमेत परिसकेका थिए । गर्भपतनलाई गैरकानुनी मानिने समयमा गर्भपतन गराउँदै गर्दा समातिएका पौडेल जेलसमेत परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment