Comments Add Comment

मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि, यस्तो छ कारण

२३ फागुन, काठमाडौं । आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा राजनीतिक भन्दा आर्थिक र सामाजिक समाचारहरुले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार, कोरोना संन्त्रासका कारण प्रभाव परेका क्षेत्र र मास्कको कालोबजारी आजका पत्रिकामा प्राथमिकतामा परेका समाचारहरु हुन् ।

नयाँ पत्रिका दैनिकमा विद्यार्थीहरुको दिवा खाजामा अनियमितता भएको मुख्य समाचार छ । सरकारी स्कुलमा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई आकर्षित गर्न र बालबालिकाको शरीरमा पोषक तत्व पु¥याउन दिवा खाजाको व्यवस्था गरेको छ । तर, दिवा खाजा कार्यक्रमको रकम निकासा नभएपछि चार महिनासम्म विद्यार्थीहरुले खाजा पाएनन् ।

रकम निकासा भएपछि खाजाको व्यवस्था त भयो तर अधिकांश विद्यालयले सरकारले तोकेको मापदण्डविपरीत अस्वस्थकर खाजा खुवाएको समाचारमा उल्लेख छ । दिवा खाजाको नाममा ६ अर्ब ६२ करोडको बजेट छ तर चार महिनासम्म खाजाविहीन भएका विद्यार्थीहरुलाई अहिले पोषणका नाममा चाउचाउ र भुजा दिइएको समाचार तस्वीरसहित नयाँ पत्रिकाले छापेको छ ।

झापाको गौरादह–५ चप्रमारीस्थित भद्रकाली माविको बाल कक्षाका विद्यार्थीहरुलाई दिवाखाजाको रुपमा चाउचाउ खुवाउन लागिएको र सर्लाहीको बरहथवा–१४स्थित महेन्द्ररत्न जगन्नाथ लक्ष्मीनिया माविका विद्यार्थीहरुले फुको भुजा खाँदै गरेको तस्वीर समाचारमा प्रयोग गरिएको छ ।

कान्तिपुर दैनिकले छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसकोको प्रभाव नेपालको विकास निर्माणमा समेत पर्न थालेको लेखेको छ । कान्तिपुरका अनुसार हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जन बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काम प्रत्यक्ष प्रभावित भएका छन् । यद्यपि अप्रत्यक्ष प्रभावको लेखाजोखा भने छैन ।

अन्नपूर्ण पोष्ट दैनिकले कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको मुख्य समाचार छापेको छ । यस्तै अवस्था रहीरहे मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीले गर्न थालेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको समाचार छापेको छ । नेपालगञ्ज र पोखरा डेटलाइनको यो समाचारमा ८० रुपैयाँको मास्कलाई ब्यापारीहरुले ४५० रुपैयाँसम्म लिने गरेको पाइएको उल्लेख छ ।

नागरिकमै नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि रहेको समाचार छ । नेपालसहित दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारण रहेको चिकित्सक दिव्यासिंह शाहले बताएकी छिन् । त्यस्तै पुरुषभन्दा महिला बढी दयालु हुनुलाई पनि यसको अर्को कारणको रुपमा नागरिकले उल्लेख गरेको छ ।

राजधानी दैनिकले कोराना संक्रमण रोकथामका लागि सरकारले मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक लगाएको समाचार छापेको छ ।

गोरखापत्र दैनिकमा कोरोना रोकथामका लागि मुख्य मार्ग र सीमामा कडा सुरक्षा जाँच सुरु गरिएको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment