Comments Add Comment

धनुषा र पूर्वी नवलपरासीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

२३ फागुन, काठमाडौं । धनुषा र पूर्वी नवलपरासीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका ८ मा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ३ का अन्दाजी २५ वर्षीय सुनिल कापड र सोही ठाउँका अन्दाजी २५ वर्षकै सुबोध कापड छन् ।

हिजो बेलुकी साढे सात बजे नम्बर नखुलेको सवारी साधनले उनीहरु सवार अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी साधन र त्यसको चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यसैगरी पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ गाविस चोकमा ना १४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको कावासोती नगरपालिका १७ का २७ वर्षीय लालबहादुर राना छन् । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment