Comments Add Comment

यस्तो बन्यो सस्पेन्स-थ्रिलर ‘चपली हाइट ३’ को टिजर

चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको टिजरमा चलचित्रको विषयबस्तु प्रष्ट पारिएको छैन । सस्पेन्स तथा थ्रिलर जनरामा निर्माण भएको चलचित्रको टिजर पनि सस्पेन्स नै छ ।

टिजरमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतलाई देखाइएको छ । जहाँ अर्पण थापालाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।

अर्जुन कुमारको निर्माणमा तयार भएको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्र सम्पादनको काम दिर्घ खड्काले गरेका छन् ।

‘चपली हाइट’का दुई सिरिजहरु निकै सफल भएका थिए । त्यसैले पनि तेस्रो सिरिजलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यस चलचित्रले चैत २८ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment