+
+
Shares

उद्योग वाणिज्य महासंघको चुनाव सार्न छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २४ गते २३:०२

२३ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सार्नका लागि छलफल शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले सार्वजनिक सभा समारोह नगर्न निर्देशन दिएसँगै महासंघमा चुनाव सार्नका लागि छलफल शुरु भएको हो ।

महासंघको चुनाव आगामी २९ चैत्तमा हुँदैछ । महासंघको २८ र २८ चैत्रमा हुने साधारणसभापछि हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुँदैछ ।

चुनावका लागि यतिबेला उम्मेद्वारहरु भोट माग्न खटिएका छन् । वरिष्ठ उपाध्यक्षका आकांक्षी चन्द्र ढकाल शुक्रबार नेपालगञ्ज पुगेका थिए भने अर्का आकांक्षी किशोर प्रधान प्रदेश नम्बर एकतिरै घुमिरहेका छन् ।

उम्मेद्वारहरु भोटका लागि दौडिरहदा यता महासंघको नेतृत्वले भने २८ चैतका लागि तोकिएको अधिवेशन स्थगन गरी नयाँ मिति तय गर्न छलफलमा जुटेको छ । ‘सरकारले नै सार्वजनिक सभा समारोह नगर्न भनेकाले सार्ने विषयमा छलफल भइरहेको छ, निर्णय हुन भने बाँकी छ’ महासंघका एक नेताले भने, ‘अहिले मैले व्यक्तिगत हिसाबले भन्न मिल्दैन, सहमति भयो भने एकदुई दिनमै नयाँ मिति तय गर्नेछौं ।’

महासंघकी अध्यक्ष भवानी राणाले कोरोना भाइरसका कारण अधिवेशन सार्ने अवस्था आउछ कि जसतो देखिएको बताइन् । तर अहिले यस विषयमा कुनै निर्णय भने भइनसकेको उनले बताइन् । बैठक बोलाएर सबैको सुझाव अनुसार महासंघले निर्णय लिने उनले बताइन् ।

महासंघको आगामी अध्यक्ष पक्का भएका गोल्छाले पनि यस विषयमा अहिले केहि निर्णय नभएको बताए । सरकारले अहिले सभासमारोह नगर्न भनेको स्मरण गर्दै उनले भने, ‘हाम्रो अधिवेशन आउन अझै एक महिना धेरै समय छ, त्यतिबेलासम्म केहि समाधान होला कि ।’

अहिले देखिएको कोरोनाको त्रास केहि दिनमा हल भए चुनाव तोकिएकै समयमा हुने वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । अहिले नै कुनै निर्णय नभएको भन्दै उनले कोरोनाको समस्या समाधान नभए सामुहिक रुपमा नयाँ निर्णय हुनसक्ने उनले बताए ।

महासंको नयाँ नेतृत्वका लागि चुनावी प्रचारप्रसार भने आकांक्षीले तीव्र बनाएका छन् । आकांक्षीहरुले आफु निकटका उद्योगी-व्यवसायीहरुसँग भेटघाटलाई तीब्र बनाएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वार बनेका ढकाल र प्रधान दुबै जना वर्तमान उपाध्यक्ष हुन् । महासंघका ३ उपाध्यक्ष मध्ये अर्का उमेशलाल श्रेष्ठ भने यसपटक पनि उपाध्यक्षमै दोहोरिन चाहेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन गर्दै उनले वस्तुगत तर्फबाट पुनः उपाध्यक्षमा उम्मेद्वारी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?