Comments Add Comment

जनकपुरधाममा होली महोत्सव मनाइने, तर सतर्कता अपनाइने

२४ फागुन, जनकपुरधाम । कोरोनाको हल्लाकाबीच जनकपुरधाममा प्रत्येक बर्ष मनाइँदै आएको होली महोत्सव मनाइने भएको छ । यद्यपी यो महोत्सव मनाउँदा सतर्कता अपनाउँदै सचेतना जगाउने काम समेत गरिने भएको छ ।

जनकपुरधाममा होलीको अवसर पारेर प्रत्येक बर्ष होली गायन प्रतियोगिता र महामुर्ख सम्मेलन गरिदैं आएको छ । मिथिला नाट्यकला परिषद् (मिनाप) ले यो कार्यक्रम यस पटक फागुन २५ र २६ गते आयोजना गर्दैछ ।

मिनापले शनिबार पत्रकार सम्मेलन गर्दै २५ गते होरी गायन प्रतियोगिता र २६ गते महामुर्ख सम्मेलनको आयोजना हुने जानकारी दिएको छ ।

मिनाप सचिव सन्दीप साहले मास्क लगाएर दुबै कार्यक्रममा सहभागिता जनाइने बताए । उनले कार्यक्रममा सहभागी हुनेलाई पनि मास्क बितरण गरिने जानकारी दिए ।

यस्तै अबीर दल्नुको सट्टा यस पटक फुलको माला लगाउने कार्यक्रम मिनापले तय गरेको छ ।

मिनापले यस पटक पनि महामूर्खको उपाधि दिन व्यक्तिको खोजी गरिरहेको छ । मिनाप श्रोतका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजपा संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोन, नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधीमध्ये एक जनालाई ‘महामूर्ख’ को उपाधि दिइनेछ ।

मिनापले २०६१ सालदेखि नियमित रुपमा महामूर्ख सम्मेलन गर्दै आएको छ । २०७३ सालमा सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरीभएको घट्नापछि मात्रै यो सम्मेलन स्थगित गरिएको थियो । अन्य प्रत्येक बर्ष यो सम्मेलन आयोजना गरिएको सचिव साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment