+
+
Shares

सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने

रासस रासस
२०७६ फागुन २५ गते १०:५९

२५ फागुन, सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए ।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?