Comments Add Comment

अन्तर प्रदेशस्तरीय शारीरिक सुगठनको उपाधि कृष्णलाई

२५ फागुन,बुटवल । अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता ९ औं ‘बुटवल श्री’ को उपाधि सैनामैनाका कृष्ण श्रेष्ठले जितेका छन् ।

प्रदेश ५ र गण्डकी प्रदेशबाट सहभागी ४९ जना प्रतिस्पर्धीलाई पछि पार्दै ७५ केजी तौल समूहको फाइनलामा पुगेका श्रेष्ठ अल ओभर च्याम्पियन भएका हुन् ।

श्रेष्ठले बुटवल श्रीको उपाधिसँगै ५५ हजार नगद र आकर्षक ट्रफी हात पारे । ५५ केजी तौल समूहतर्फ बाँकेका सिद्धान्त जसरिया प्रथम, रूपन्देहीका पुकार थापा दोस्रो र रूपन्देहीकै आकाश गुरुङ तेस्रो भए । ६० केजी तौल समूहमा बाँकेका सुरेश थापा प्रथम, रूपन्देहीका मोहम्मद जुमराति दोस्रो र बुटवलकै अर्जुन श्रेष्ठ तेस्रो भए । ६५ केजी तौल समूहमा बाँकेका जितबहादुर वली प्रथम कास्कीका विकास तामाङ दोस्रो र रूपन्देहीका सुमित राना तेस्रो भए । ७० केजी तौल समूहमा रूपन्देहीका विनोद सुनार प्रथम, रूपन्देहीकै प्रकाश थापा दोस्रो र रूपन्देहीका दिलीपबहादुर खत्री तिवारी तेस्रो भए । ७५ केजी तौल समूहमा कृष्णप्रसाद श्रेष्ठ प्रथम, इमोश श्रेष्ठ दोस्रो र रत्नराज थापा तेस्रो भए ।

७५ केजी माथिको तौल समूहमा पाल्पाका मनिष वज्राचार्य प्रथम, बाँकेका अभिषेक श्रेष्ठ दोस्रो र बाँकेकै शितान्शु पाण्डे तेस्रो भए । आयोजक रूपन्देही फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठका अनुसार, विजयी खेलाडीहरूलाई परस्कार तथा ट्रफी वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, निर्णायकहरु बुद्धिजंग कार्की, केशवबहादुर शाक्य, गोविन्द चित्रकार, श्याम श्रेष्ठ, शिवध्वज राई, राजकुमार श्रेष्ठ र सुरज श्रेष्ठले नगद पुरस्कार र ट्रफी प्रदान गरेका हुन् ।

कार्यक्रममा ०६५ यताका बुटवल श्रीका विजेताहरू क्रमशः विकाश चौधरी, शेरबहादुर खाम्चा, विनोद वज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, ताराबहादुर थापा, चन्द्रमान श्रेष्ठ र विनोद सुनारलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment