Comments Add Comment

साउदी राजपरिवारका प्रभावशाली ३ सदस्य पक्राउ

२४ फागुन, काठमाडौं । साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् ।

तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन ।

पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए । जुन साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन ।

आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् ।

सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन् । तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन् । प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफलाई उनले नियन्त्रणमा लिएर बेपत्ता नै बनाएका थिए । सन् २०१७ मा त उनले साउदी राजपरिवारका सदस्यसँगै मन्त्री तथा व्यवसायीहरूलाई रियादको एक होटलमा बन्धक नै बनाएका थिए ।

साउदीको राजनीतिमा षड्यन्त्र र जालझेल चुलिएका बेला थप ३ व्यक्ति पक्राउ परेपछि चासाेका साथ हेरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment